दफा
अनुदान र ऋण लिने अधिकार
: साधारण सभाको व्यवस्था भएपछि सो सभाले पास गरे बमोजिम वा साधारण सभाको व्यवस्था नभएसम्म संस्थानले नेपाल सरकारको स्वीकृति लिई आफ्नो चालू पूँजी (वर्किङ्ग क्यापिटल) बढाउनको लागि आवश्यक नगद वा जिन्सी ऋण लिन वा अनुदान स्वीकार गर्न सक्नेछ ।
तर नेपाल सरकारको स्वीकृति नलिई संस्थानले कुनै विदेशी एजेन्सीबाट ऋण लिन वा अनुदान स्वीकार गर्नु हुँदैन ।